श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लिबियामा डेनियल आँधीका कारण आएको शक्तिशाली आँधीबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीका कारण ६ हजार ९ सय बढीको मृत्यु भएको छ।

विभिन्न समाचार एजेन्सीले मृत्यु हुनेको फरकफरक आँकडा सार्वजनिक गरेका छन्। हालसम्म ६ हजार ८ सय ८६ जनाको शव भेटिएको सहरका मेयर अक्रम अब्दुल अझिजले बताएका छन्।

मेयर अझिजले १५ हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताउँदै मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।  बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन्।

डेनियल आँधीका कारण आएको बाढीले डेर्ना सहरको तटीय क्षेत्रका दुईवटा बाँध भत्काएको छ। जसमध्ये सबैभन्दा ठूलो २ सय ३० फिट अग्लो बाँध भत्किँदा बाढी सहरमा पसेको हो। उद्धारमा खटेका झण्डै डेढ सय सैनिक बेपत्ता भएका छन्।

बाढीले सहरको एकमात्र विमानस्थलसमेत खण्डहर बनेपछि उद्धारका लागिसमेत समस्या भएको छ। विभिन्न देशले उद्धारकर्मी पठाएको अलजजिराले उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार