काठमाण्डौंः म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ ।
“हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन ।
सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ ।
हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित हुनुभएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।रासस-एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया