काठमाण्डौंः रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ । उनीहरुलाई सात दिनभित्र रुस छोड्न आदेश दिइएको छ ।
अवैध गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई निष्कासन गरेको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले भने रुसको यो निर्णयको भर्त्सना गर्दै रचनात्मक कुटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका लागि मस्कोलाई उचित जवाफ दिने बताउनु भएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया