श्रावण १२, २०८१ शनिबार July 27, 2024

गैरीगाउँ हत्याकाण्ड : पारिवारिक कलहका कारण बीभत्स हत्या

घटनाको प्रकृति हेर्दा पारिवारिक कलहका कारण उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको चार जनाको हत्याको छानविन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

शुक्रबार राति उक्त समिलमा बास बसेका ४ जनाको बीभत्स किसिमले हत्या भएको थियो । उक्त हत्या काण्डमा संलग्न अपराधीको बारेमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

छानविन समितिको सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहनुभएको छ ।

घटनाको प्रकृति हेर्दा पारिवारिक कलहका कारण उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पारिवारिक बेमेलका कारण उक्त घटना भएको जस्तो देखिएको बताउनुभयो । उहाँले यो घटनामा संलग्न रहेका अभियुक्त छिट्टै नै नियन्त्रणमा आउने जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलको प्रकृति हेर्दा लुटपाट गर्ने गिरोह संलग्न भएको देखिँदैन । एआईजी थापाले भन्नुभयो– ‘धारिलो हतियार प्रयोग गरेर ४ जनाको हत्या गरेपछि अभियुक्तले एउटा खुकुरी र चुपी पखालेर बोरामा हालेको देखिन्छ । अब छानविन समितिले छिट्टै सत्यतथ्य बाहिर ल्याउनेछ ।’

शुक्रबार राति गैरीगाउँस्थित दिव्य समिलमा ११ः५५ बजेको समयमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काठ मिलमा गेटपालेको काम गर्ने कुमार भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका नवीन राईको हत्या भएको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । गैरीगाउँमा हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा दीपेन्द्र राईले प्रहरीले पक्राउ गरेको छ । राई स्वयं प्रहरी चौकी पुगेका थिए । प्रहरीले चारै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पु¥याएको छ । शवको परीक्षणको नतिजा आज आइतबार मात्रै आउने त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

उक्त दिव्य समिल दोलखा, कालीञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गर्नुभएको थियो । नेपाल समाचारपत्र दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार