श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हिजाब प्रकरण: अमिनीको पुण्यतिथिमा उनका पिता इरानी सेनाकाे हिरासतमा

अमिनीको मृत्युको बार्षिकोत्सबमा थप हिंसा भडकने आशंकामा इरानी सेनाले हिरासतमा लिएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महसा अमिनीको मृत्युको वार्षिकोत्सवमा इरानी सुरक्षा बलले उनका बुबालाई केही समयका लागि हिरासतमा लिएका छन् । स्थानीय मानवअधिकार समूहका अनुसार अमिनीको मृत्युको बार्षिकोत्सबमा थप हिंसा भडकने आशंकामा इरानी सेनाले उनलाई हिरासतमा लिएको हो ।

द गार्जियनका अनुसार  सुरक्षा बलहरूले अमजद अमिनीलाई हिरासतमा लिए र छोरीको पुण्यतिथि मनाउन नदिने धम्की दिएर जबरजस्ती घर फर्काई दिए ।

समाचार अनुसार महसा अमिनीको मृत्युको वार्षिकोत्सवमा अशान्तिको प्रत्याशामा इरानी सुरक्षा बल अमिनीको गृहनगरमा तैनाथ गरिएको थियो। वास्तवमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्युको पहिलो वार्षिकोत्सव देशभर मनाउने तयारीमा धेरै मानिसहरू थिए। यस्तो अवस्थामा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।

उल्लेखनीय छ कि महसालाई हिजाब लगाउने नियम उल्लंघन गरेको आरोपमा हिरासतमा राखिएको थियो, जहाँ उनको प्रहरी हिरासतमा नै मृत्यु भएको थियो । त्यस पछि देशभरका जनता सडकमा निस्किए । महिनौंसम्म देशभर विरोध प्रदर्शन भएको थियो। अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शन इरानका इस्लामिक अधिकारीहरूको लागि टाउको दुखाइ बनेको थियो। तर, कडा कारबाहीपछि देशव्यापी विरोध शान्त भयो।

सो प्रदर्शनमा ७१ नाबालिगसहित ५०० भन्दा बढीको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । यति मात्र होइन, हिंसात्मक आन्दोलनका क्रममा हजारौं व्यक्ति पक्राउ परेका थिए, जसमध्ये धेरै अहिले पनि जेलमा छन् ।

यद्यपि इरानी अधिकारीहरूले भनेका छन् कि विदेशी सरकार र देशका शत्रुहरूले उक्साएको दंगामा दर्जनौं सुरक्षाकर्मीहरू पनि मारिएका छन्। आन्दोलनका मुद्दामा दोषी ठहर भई सात जनालाई फाँसी दिइएको छ ।

वास्तवमा, सेप्टेम्बर १६, २०२२ मा, २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भयो। महसालाई इरानको मोरालिटी प्रहरीले हिजाब नलगाएको भन्दै पक्राउ गरेको थियो । यसै क्रममा प्रहरीले उनलाई कुटपिट गरेको आरोपमा महसा कोमामा गएर मृत्यु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार