श्रावण १२, २०८१ शनिबार July 27, 2024

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा

चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठामाण्डौः विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । पार्टी आइतबार प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुईजना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि हुने आक्रमण रोक्ने र उनीहरुको सुरक्षाको सुनिश्चित गर्दै दोषीमाथि करबाही गर्न विवेकशीलले सरकारसँग माग गरेको हो ।

विवेशील साझा पार्टीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :

वार्ता मार्फत तत्काल समस्याको समाधान गर्न आन्दोलनरत चिकित्सकहरु र नेपाल सरकारसंग अपीलः

गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि  पटक पटक आक्रमण हुनु र यसको सिलसिला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीको बुझाई छ।

निरन्तर हुने यस्ता घटना परिघटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरुको मनोवल कमजोर हुने फलस्वरुपः विरामीहरुले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशीन वाध्य पार्न आगोमा घ्यु थपेझैँ भएको विवेकशील साझाको ठम्याँई रहेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेण्टी गर्न र दोषीहरुमाथी कडा कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न विवेकशील साझा पार्टी सरकारसंग जोडदार माग गर्दछ। यसैबीच मकवानपुर चिकित्सक कुटपिट प्रकरण विरुद्ध आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको आन्दोलनप्रति पनि विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

स्वास्थ्य क्षेत्र जस्तो अती संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरुनै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भिर असर पर्ने प्रति विवेकशील साझा पार्टी विशेष चिन्ता जाहेर गर्दछ।

अस्पतालको सेवा बन्द नै गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुसंग संवाद र वार्ताको माध्यमवाट तत्काल समस्या समाधानको प्रभावकारी पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई विशेष अपील गर्दछ।

नेपालको जय होस!
स–स्नेह
आशुतोष प्रधान

प्रवक्ता
विवेकशील साझा पार्टी
२०८०/०५/३१

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार