असोज १४, २०८० आइतबार October 1, 2023

आईएमई पेले ल्यायो ‘अल्टिमा अनलाइन मेला’मा ‘एकको डबल’ अफर सार्वजनिक

एउटा अल्टिमा एटोम ५२० वा अल्टिमा एटोम ३२० एअर्बर्ड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्का एयरबर्ड निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्च अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’मा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ६ बजेदेखि राती ८ बजेसम्म एउटा अल्टिमा एटोम ५२० वा अल्टिमा एटोम ३२० एअर्बर्ड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्का एयरबर्ड निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, अन्य अल्टिमाका ग्याजेट्सहरूमा आईएमई पेमार्फत् भुक्तानी गर्दा २६ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकहरूलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न उक्त अफर सार्वजनिक गरिएको आईएमई पेका सीईओ प्रवीण रेग्मीले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया