असार १९, २०८२ बिहिबार July 3, 2025

मोरङका केही स्थानमा असोज १ गतेदेखि दुई महिनासम्म निषेधित क्षेत्र (सुचनासहित)

विराटनगरका केही स्थानमा असोज १ गतेदेखि दुई महिनासम्म बिहान ६ बजेदेखि लागुहुने गरी निषेधित क्षेत्र तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म बिहान ६ बजेदेखि लागुहुने गरी निषेधित क्षेत्र तोकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित आज साँझ जारी गरिएको सूचनामा जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखी सो निर्णय गरेको जनाइएको छ ।

यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्व रहेका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३ क० बमोजिम ती क्षेत्र निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी गराइएको छ । निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवातजावत रोक नभएको सूचनामा उल्लेख गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार