असोज १४, २०८० आइतबार October 1, 2023

तीजको नाचगानमा झडप हुँदा एक युवकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेतिर तीजको नाचगान गर्ने क्रममा स्थानीय युवाबीच झैझगडा हुँदा गम्भीर घाइते भएका थिए । घाइते खत्रीको सोमबार राति लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया