असार १०, २०८१ सोमबार June 24, 2024

सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्छ – अधिवत्ता बिष्णु गिरी

सरकारी निकायहरु बढी जिम्मेबारी बनाउन क्षतिपूतिसहितको बडाबपत्र जारी गर्नु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्ने बताएका छन् ।

सरकारी कार्यालयमा यो कामको लागि यसलाई भेटने यति शुल्क लाग्ने र यति समयमा काम सम्पन्न हुने भनेर लेखिएको भएपनि सोही अनुसारको काम नहुनाले सेवाग्राहीले दूःख पाएको भन्दै कार्यालयले तोकेको समयमा सेवा दिन नसेके क्षतिपूर्तिको ब्यबस्था गर्नु पर्ने बताएका छन् । क्षतिपूर्ति सहितको बडा पत्र जारी गर्नाले सरकारी निकायहरु बढी जिम्मेबारी हुने अधिवत्ता गिरीको भनाई छ ।

नेपाली उपभोत्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका हुन । हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक रहेकोले आफू कानूनी साक्षरता अभियानमा जुटेको बताएका छन् ।

कानुनी साक्षरता अभियानमा स्थानीय निकाय, बिधालय तथा क्लव बिभिन्न सामाजिक संघ संस्था कम्पनि तथा सामाजिक सञ्जाल मार्फत कानूनी दिदै आएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसममिति सदस्य समेत रहेका अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन केपी ओली सरकारले ल्याएको नागरिकता बिद्ययक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा अधिवत्ता गिरीले जानकारी दिदै आएका छन् ।

मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता प्रदान गदै आएका छन् ।

अधिवत्ता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । बिभिन्न संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका अधिवत्ता गिरीका एलबी ल फर्मका संञ्चालक समेत हुन । अधिवत्ता गिरीको श्रीमति एक छोरा र एक छोरीका साथ बुढानिलकष्ठमा बस्तै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार