असोज १९, २०८१ शनिबार October 5, 2024

असोज महिना लागि ६ बैङ्कले घटाए ब्याँजदर, सबैभन्दा बढी घटाउने नेपाल बैङ्क

असोजमा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नेपाल बैंकर्स  सङ्घले बैङ्कहरूलाई अाफुखुसी  ब्याँजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैङ्कहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैङ्कहरू मध्ये १७ वटाले बैङ्कले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।

असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई  बैङ्क, लक्ष्मी सनराइज  बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सिटिजन्स  बैङ्क र नेपाल बैङ्क छन् । यी बैङ्कहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याँजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन् । असोज महिनाका लागि ब्याजदर घटाउने बैङ्कहरू मध्ये नेपाल बैङ्कले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो। भदौको तुलनामा नेपाल बैङ्कले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ ।

भदै महिनामा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो । यस्तै, सिटिजन बैङ्कले पनि भदौ महिनाको  तुलनामा ०.८४६ प्रतिशतले ब्याँजदर घटाएको छ ।  बैङ्कले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याँजदर कायम गरेको छ। भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो ।

कुमारी बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याँजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

त्यसै गरी, राष्ट्रिय वाणिज्य बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याँजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैङ्कले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याँज दिएको थियो ।

लक्ष्मी सनराइजले पनि नयाँ ब्याँजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ । बैङ्कले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याँजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैङ्कले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैङ्कले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैङ्कले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा – संस्थापन र इतरपक्षबीच आरोपप्रत्यारोप
२०८१ असोज १९, शनिबार
आजको मौसमः कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
२०८१ असोज १९, शनिबार
१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा
२०८१ असोज १९, शनिबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
२०८१ असोज १९, शनिबार
ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन
२०८१ असोज १९, शनिबार
इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा
२०८१ असोज १८, शुक्रबार
दाउन्नेको सडक भासिएपछी यातायात फेरि अवरुद्ध
२०८१ असोज १८, शुक्रबार