असोज १३, २०८० शनिबार September 30, 2023

नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्यो

सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता सेयर ५० हजार दुई सय ९६ पटक खरिद-बिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक एक दशमलव ४८, वित्त एक दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोकार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रू १० करोड ६४ लाख ४३ हजार छ सय ९१ बराबरको दुई लाख २० हजार ५६ कित्ता सेयर किनबेच भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया