असोज १९, २०८३ सोमबार October 5, 2026

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजः हङकङविरुद्ध मलेसिया १०२ रनले विजयी

जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा मलेसियाले हङकङमाथि शानदार जित हात पारेको छ ।

मलेसियाको क्वालालम्पुरमा मंगलबार भएको पहिलो खेलमा मलेसियाले हङकङलाई १ सय २ रनले पराजित गरेको हो । जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो ।

हङकङका लागि बाबर हायातले सर्वाधिक २२ रन बनाए । मलेसियाका विरणदिप सिंहले सर्वाधिक ४ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । मलेसियाका लागि सयद अजिजले ३४ बलमा ४ चौका र ६ छक्काको मदतमा ६५ रन बनाए । विरणदिप सिंहले ४७ रनको योगदान गरे ।

हङकङका लागि मोहम्मद घजनफारले सर्वाधिक ३ विकेट हात पारे । मलेसियाले दोस्रो खेल पीएनजीविरुद्ध बुधबार खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
२०८३ असोज १९, सोमबार
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार