काठमाण्डौंः मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ असोज १० गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीको आइपीओमा १३ लाख बढी आवेदकले निवेदन दिएका छन् । सीडीएससीका अनुसार अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया