मंसिर २५, २०८० सोमबार December 11, 2023

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ८०० ले कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो । यता, चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया