श्रावण १२, २०८१ शनिबार July 27, 2024

कांग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ : उदय शमशेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरुमा मोह घटेको  उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने  बताए।

शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’

उनले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अफवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रस्ट पारे । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहीँ भाष्य निर्माण गर्न खोजिँदै छ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौँ । हामी निराश होइन, सङ्गठित भएर गाउँ गाउँमा क्रियाशील हुनुपर्छ ।’

पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका काँग्रेस नेता राणाले  लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर काँग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरे ।

‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन । अब हामी विकल्प दिएर अगाडी बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’  उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार