काठमाण्डौंः वराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट हिजो साँझ १२० किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न चार जना भारतीय नागरिक र दुई जना नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र १ को बराहक्षेत्र मन्दिर जाने सड्क खण्डबाट १ सय २० किलोग्राम गाँजासहित भारतीय नागरिक र दुई नेपालीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । भारततर्फ लैजान लागेको गाँजा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नंं. १ वराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको कमाण्डमा खटिएको टोलीले सुमो गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ ।
सुमो गाडीको सिटमुनि फोल्ड बटनमा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाडी चेकजाँचका क्रममा गाँजा बरामद गरेको वराह बाहिनि पकलीले जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेका भारतीय नागरिक अररिया जिल्ला बत्नाह बस्ने वर्ष ३६ को मोहम्मद सिराज (सवारी चालक), अररिया फेना बस्ने वर्ष २० को अस्ताजु आलम वर्ष १९ को नसिम आलम र अररिया जिल्ला शहर्सा बस्ने वर्ष ५२ को ओमप्रकाश रजक पक्राउ परेका छन् ।
पक्राउ पर्ने दुई नेपाली नागरिकमा देवानगञ्ज गाउँपालिका वडा ५ बस्ने वर्ष २० को शिवमकुमार शाह र देवानगञ्ज ५ कै ३१ वर्षीय ओमप्रकाश शाह रहेको वराह बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया