असार २१, २०८२ शनिबार July 5, 2025

नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न सक्दैन : नेता नेपाल

समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।

आज झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्नुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी उहाँले गर्नुभयो ।

सरकारले जनताको पीरमर्का नबुझेको उहाँले टिप्पणी गर्नुभयो । समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उहाँले बताउनुभयो । “हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट आएपछि जनताका समस्याको बारेमा पार्टीका तर्फबाट  सरकारले सम्बोधन गर्नुपर्ने कामहरूका बारेमा ज्ञापनपत्र बुझाएका छौँ” उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री  नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा लगायतका क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनुभयो । सोही अभियानस्वरुप आफ्नो दल जागरण अभियान झापाबाट सुरु गरेको उहाँले बताउनुभयो ।

‘समाजवादको बाटोमा जान कम्युनिस्टबिच एकता आवश्यक रहेको भन्दै चार वटा पार्टीसँग मोर्चाबन्दी गरेको पनि उहाँले बताउनुभयो ।  मोर्चामा आउन चाहने अन्य कम्युनिष्ट पार्टीलाई समेत स्वागत गर्न मोर्चा तयार रहेको नेपालको भनाइ छ ।

पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी शासनले देश कब्जा गरेकाले जनताको गाँस, बास र कपासको व्यवस्था  हुन नसकेको बताउनुभयो ।

महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटो बिराएका कारण राजनीति बिग्रिएको बताउनुभयो । कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ पार्टीले  अभियान सुरु गरेको भुसालको भनाइ छ ।

कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष  घनेन्द्र बस्नेत, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, दीपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरूको  सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार