कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

डिजिटल पेन्ट्सको ‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना सार्वजनिक

प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडि टिभी २ जनालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः डिजिटल पेन्टसले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना सार्वजनिक गरेको छ।

यस उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडि टिभी २ जनालाई र तृतीय पुरस्कार रेफ्रिजेरेटर ३ जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै सान्त्वना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडी र बम्पर उपहार अन्तर्गत १ जनालाई नगद १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए।

डिजिटल पेन्ट्सले कोशी प्रदेशका मुख्य तथा साना/ठुला सहर गरी ८० भन्दा बढी आधिकारिक डिलरहरु मार्फत ग्राहकहरूलाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ।

जर्मन प्रविधिबाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दे आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया