श्रावण ७, २०८२ बुधबार July 23, 2025

आफ्नै पार्टीका सांसदले मत नदिएपछि अमेरिकी सभामुख पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थीलाई हटाइएको छ ।

सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको थियो । धेरै विश्लेषकहरूले सोचेका थिए कि केही डेमोक्र्याट सांसदहरूले म्याकार्थीको पक्षमा मतदान गर्न सक्छन्, तर त्यसो भएन।

त्यसपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको थियो । यस क्रममा धेरै रिपब्लिकन सांसदहरुले उनीसँग हात मिलाएका थिए । उनलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ रिपब्लिकन सांसद छन् ।

Kevin McCarthy wins House speaker after 15 votes and a mess of negotiations  with the GOP - Vox

उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीका हुन्।यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ।

गेट्जले लगातार उनको विरुद्ध बयान दिइरहेका थिए।नर्थ क्यारोलिनाका प्याट्रिक म्याकहेनरी हाल अस्थायी सभामुख निर्वाचित भएका छन्।

पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘व्यक्तिगत ध्यानाकर्षणका लागि यो गरिएको हो, यसले राजनीतिक मुद्दासँग सरोकार राख्दैन भन्ने तपाई सबैलाई थाहा छ ।’

उनको लक्ष्य स्पष्ट रूपमा गेट्ज तर्फ थियो।म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा सरकारलाई सहयोग मिल्ने काम गरेको आरोप लागेको छ ।

सरकार खर्च गर्ने बाटो बन्द भएर छटपटिएको बेला सभामुखले विधेयक पारित गराएपछि रिपब्लिकन पार्टीका सदस्यहरू पनि उनीसँग रिसाएका थिए। रिपब्लिकन पार्टीले खर्च गर्ने बाटो बन्द गराएर जो बाइडेनलाई अफ्ठेरोमा पार्न कोशिस गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया