कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तीन सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

चाँदीको भाउ स्थीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गत साताको मंगलबारदेखि घट्न थालेको सुनको मुल्य यस साताको मंगलबारसम्म निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया