असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली संघका आवासीय तथा स्वीडेन अधिराज्य, हंगेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली संघका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्वीडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हंगेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया