कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

माछापुच्छ्रे बैंकले आफ्ना सेयर धनीहरूलाई १४ प्रतिशत लाभांश दिने

चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयर धनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद गरी उक्त लाभांश दिने भएको हो। हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ।

बिहीबार पोखरामा सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। त्यस्तै साधारण सभाले बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको बैंकले जानकारी दिएको छ।

त्यस्तै साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो।

साधारणसभामा बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितलिाई मजबुत बनाउन बैंकको तर्फबाट सन्तुलित रूपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरीकर्जाको गुणस्तरमा सुधार गर्दै अघि बढ्ने बताए।

उनले कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै सेयरधनीहरूलाईसमेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सधैं रहने पनि बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया