कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रभु बैंकको संस्थापक शेयर विक्री खुला

आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रभु बैंक लिमिटेडको २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

ईच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया