श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

तनहुँमा डेंगु सक्रमंण बढ्‍यो

१० वटा स्थानीय तह रहेको तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा डेंगुको बिरामी देखा परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समय तनहुँ सदरमुकाम दमौलीमा डेंगुको संक्रमण बढ्दै गएको छ । १० वटा स्थानीय तह रहेको तनहुँमा सबैभन्दा धेरै व्यास नगरपालिकामा डेंगुको बिरामी देखा परेका छन् ।

स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्म जिल्लाभर ३ हजार ७ सय ७९ जना डेंगुबाट संक्रमित भएका छन् । जसमा व्यास नगरपालिकाका मात्रै ३ हजार २ सय ३९ जना संक्रमित भएका छन् ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका १ सय ४३, भिमाद नगरपालिकाका ९७, ऋषिङ गाँउपालिकाका ७८, म्याग्दे गाँउपालिकाका ५९, भानु नगरपालिकाका ५८, आँबुखैरेनी गाँउपालिकाले ३९, बन्दिपूर गाँउपालिका २७,घिरिङ गाँउपालिकाका ७ जना र देवघाट गाँउपालिकाका ६ जना संक्रमित भएका छन् । हाल सम्म तनहुमा डेंगुबाट ३ जनाको ज्यान गईसकेको छ । संक्रमित हुनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन् ।

स्वास्थ्य कार्यालय तनहुका प्रमुख शंकरबाबु अधिकारीका अनुसार हाल सम्म संक्रमित भएका मध्ये ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला रहेका छन् । एक हजार ९ सय ९६ जना महिला संक्रमित हुदाँ १ हजार ७ सय ८९ जना पुरुष संक्रमित भएका छन् ।

प्रमुख अधिकारीका अनुसार सबै भन्दा धेरै १५ देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु डेंगुबाट संक्रमित भएका छन् । जस अनुसार १५ देखि १९ वर्ष उमेर समुहका ४सय ५८ जना, २० देखि २४ वर्ष उमेर समुहका ४ सय ६७ जना,२५ देखि २९ वर्ष उमेर समुहका ४ सय ६१ जना र ३० देखि ३४ वर्ष उमेर समुहका ४ सय ४७ जना संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार