काठमाण्डौंः नेपाली बजारमा सुनको मूल्य तीन सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख सात हजार छ सय रूपैयाँ र तेजावी सुनको मूल्य एक लाख सात हजार एक सय रूपैयाँ कायम रहेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर एक हजार ३३० रूपैयाँ कायम रहेको छ।
यसअघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रूपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया