श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपालमा थप १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि

बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् ।

आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै झापामा ३ हजार ५६२ सङ्क्रमित भएका छन् भने धादिङ जिल्लामा ३ हजार १२३ सङ्क्रमित छन् । तनहुँमा ३ हजार १२१ जना सङ्क्रमित भएका छन् भने मोरङमा २ हजार २७३ सङ्क्रमित भएका छन् । यस्तै, कास्की ७७२ जनामा पुष्टि हुँदा काठमाडौँमा ७६४ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।

उता सङ्खुवासभामा ५२६ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८० जनामा सङ्क्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ४३, मधेस प्रदेशमा ५७९, लुम्बिनी प्रदेशमा ६३२ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार