कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सानिमा हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन – लाभांश लिन आजै सेयरधनी बनि सक्नु पर्ने

साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मंगलबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नु पर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% लाभांश वितरण गर्दैछ ।

यस कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया