कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड सम्पन्न – यसरी हेर्नुहोस् नतिजा

१० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बुधबार बिहान बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेकोमध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

आइपीओ बाँडफाँड अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । जसमध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म कम्पनीले आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो ।

आइपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट  https://www.nimbacecapital.com सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया