श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना

निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया