काठमाडौँः इजरायल र हमासबीच द्वन्द्व चर्किइरहेका बेला प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई भेट्ने भएका छन् ।
प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन(पीएलओ) को कार्यकारी समितिका महासचिव हुसेन अल शेखले राष्ट्रपति अब्बास र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीचको भेट हुने बताएका हुन् ।
महासचिव हुसेनले सामाजिक सञ्जाल एक्समा भेटबारे जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति अब्बास र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच शुक्रबार भेट हुनेछ ।
यसअघि पनि गत जनवरीमा अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच रमल्लाहमा भेटवार्ता भएको थियो । त्यस्तै प्यालेस्टिनी राष्ट्रपति अब्बासले बिहीबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग पनि भेट गर्दैछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया