श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै मन्त्रिपरिषदको बुधबारको निर्णय अनुसार निलम्बन गरिएको हो। बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको विषय पनि पत्रमा उल्लेख छ।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको मन्त्री निकट स्रोतले जानकारी दियो।

यस्तो छ निलम्बनको पत्रः

basaula nilamban.jpg

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया