श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

न्याम्समा नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप

६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ ।

आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।

केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ ।

बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन (पाँचौँ तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार