श्रावण ७, २०८२ बुधबार July 23, 2025

मलेसियाले गाजामा मानवीय सहायताका लागि सामाग्री पठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा खाद्यान्न सहायता र औषधिहरू पठाउन मलेशिया तत्पर रहेको जनाएका छन् ।

हमास नेता इस्माइल हानियालाई ‘प्यालेस्टिनी जनताको लागि अटल समर्थन’ रहेको जनाउँदै मलेसियाले मानवीय सहायताका लागि औषधीलगायतका सामाग्री पठाउन तप्पर रहेको जनाएका हो ।

‘गाजाको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै म बमबारीलाई तुरुन्तै बन्द गर्न र रफाहमा मानवीय कोरिडोरको स्थापनाको लागि कडा वकालत गर्दछु’ अनवरले सोमबार हानिहसँग फोनमा कुरा गरेपछि सोशल मिडियामा पोस्टमा भनेका छन्  ।

‘इजरायलले विस्थापनको राजनीति गर्न नहुने, हमाससँग तुरुन्त युद्धविराम गर्नु र जारी द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण समाधान खोज्नु पनि अनिवार्य छ,’ उनले भनेका छन् ।

‘यो संकटबाट प्रभावित सबै व्यक्तिहरूको कल्याण र सुरक्षालाई प्राथमिकता दिन महत्त्वपूर्ण र सर्वोपरि छ। यस भावनामा हामी मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भनेका छन, ‘विशेष गरी खाँचोमा परेकाहरूको पीडा कम गर्नको लागि खाना र औषधिको रूपमा सहयता पठाउने छौं ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार