श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए।

हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उनले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताए । उनले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गरे । अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार