काठमाण्डौंः प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रमण गरिरहेको छ ।
यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन् ।
इजरायली–क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो ।
टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गाेली हानियाे र घटनास्थलमा नै उनीहरूकाे मृत्यु भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया