कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मुल्य घटेको छ । हिजो (सोमबार) प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ९ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया