श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी , एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाय सङ्क्रमित भएका छन् । जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैँसी तीन सय ४९ रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये चार सय दुईवटा पशुचौपाय मरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन् । सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चारवटा पशुचौपाय रहेका छन् । जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैँसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन् । यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायमा मात्रै रहेको अधिकृत डा आचार्यले जानकारी दिए।

गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखापर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा आचार्यले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार