काठमाण्डौंः चिसो बढेसँगै बाथ तथा हाडजोर्नी दुखाइ समस्या पनि बढ्न थाल्छन् । जसमा रुमडोइड अर्थराइटिस यस्तो बिमारी हो जसमा शरीरले नै शरीरलाई आक्रमण गर्न थाल्छ । यसलाई ‘अटो इम्युन डिजिज’ पनि भनिन्छ । विशेषगरी, सुरुआती क्रममा यसले शरीरका साना साना जोर्नीहरूमा असर गर्दछ । यसका लागि तपाईं केही घरेलु उपाचार विधि अपनाएर पनि दुखाइलाई कम गर्न सक्नुहुन्छ ।
हात-खुट्टा सुन्निने तथा दुख्ने
बाथको कारण हात, खुट्टाहरू सुन्निने तथा दुख्ने गर्दछन् । यसबाहेक शरीरका जोर्नीहरू पनि प्रभावित हुन्छन् । यसको समयमा उपचार गर्नु एकदमै आवश्यकता हुन्छ । यदि, समयमै यसको उपचार गरिएन भने यसले भयंकर रूप पनि लिन सक्छ ।
घरेलु उपाय
यसबाट बच्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यस विषयमा विशेषज्ञको रायसल्लाहअनुसार तपाईं घरमै केही उपायहरू अपनाउन सक्नुहुन्छ । विशेषज्ञबाट बुझौं केही घरेलु उपायहरूका बारेमा ।
नियमित रूपमा व्यायाम
शारीरिक क्रियाकलापमा कमी हुने भएकाले पनि हामीले धेरै शारीरिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । त्यसैले, यस्तो दुखाइमा तपाईं दैनिक रूपमा व्यायाम गर्नु एकदमै जरुरी हुन्छ । दिनमा कम्तीमा पनि २० देखि ३० मिनेट हिँड्ने र कसरत गर्ने गर्नुहोस् ।
सेकाइ
यस्तो दुखाइमा सेक्नु पनि एकदमै राम्रो उपचार विधि हो । त्यो सबैको शारीरिक आवश्यकताअनुसार हुन्छ । कसैलाई चिसोले सेक्दा फाइदा पुग्छ भने कसैलाई तातोले सक्नुपर्ने हुन्छ । तपाईं पनि आफूलाई कसरी सेक्दा शरीरलाई आराम मिल्छ त्यसरी दुखेको ठाउँमा सेक्नुहोस् ।
मसाज
मसाज गर्दा पनि शरीरका धेरै समस्याहरू कम हुन्छन् । मसाज गर्नका लागि तोरीको तेललाई तातो बनाएर मसाज गर्नुहोस् । यसमा रुमेडाइड अर्थराइटिसको समस्यामा राहत पाइन्छ ।
खानपिन
यसबाहेक खानपिनमा सुधार ल्याउन पनि एकदमै आवश्यकता हुन्छ । खानामा विशेषगरी हल्का भोजनहरू गर्नुपर्दछ । जसमा हरियो तरकारी, फलफूल, सलाद, आदिको सेवनले यसको दुखाइमा सुधार ल्याउँछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया