काठमाण्डौंः सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ ।
स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जनाकारीमा आएको छ ।
त्यसको ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण गरेको सुरक्षा स्रोतले बताएको छ । मङ्गलबार राति यस क्षेत्रका सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारी अनुसार बन्धकहरूको खोजी भइरहेको छ।
सन् २०२१ देखि क्यामरूनको उत्तरी क्षेत्र हतियारधारी डाकुहरूको निरन्तर हिंसात्मक अपहरण र आक्रमणको केन्द्रमा रहेको छ। (रासस- सिन्ह्वा)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया