श्रावण ८, २०८२ बिहिबार July 24, 2025

ताइवान सरकारले ‘खतरनाक युद्ध’ को जोखिममा निम्त्यायो : चीन

ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग का रुपमा दाबी गर्दै आएको छ र सन् २०१६ मा ताइवानका राष्ट्रपति साई इङ–वेन सत्तामा आएयता चीनको ताइवानसँगको सम्बन्धमा थप तनाव देखिएको छ ।

बेइजिङले हालैका वर्षहरूमा ताइवानमाथि कूटनीतिक र सैन्य दबाब बढाएको छ र गत अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान वरपर युद्धक विमानको सङ्ख्यामा वृद्धि गरिएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले बिहीबार डीपीपीले ताइवानलाई युद्ध र हिंसाको खतरनाक स्थितिमा तीव्र गतिमा धकेलिरहेको बताए । चीनले ताइवानको सत्तारुढ डीपीपीमाथि पटक–पटक औंला उठाएको छ भने उक्त टापुमा सैन्य धम्की बढाउँदै लगेको छ ।

चिनियाँ सेनाले आफ्नो सैन्य प्रशिक्षण र युद्धको तयारीलाई मजबुत बनाउने वुले बिहीबार बताए । उनले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरको जलक्षेत्रमा संयुक्त राज्य अमेरिकाको प्रभावको पनि आलोचना गर्नुभएको छ तर बेइजिङ र वासिङ्टनबीच ‘सञ्चारका माध्यमहरू सधैं खुला रहेको’ बताए ।

बिहीबार ताइवानले शान्डोङ विमानवाहक पोतको नेतृत्वमा रहेको चिनियाँ फ्लोटिला टापुलाई फिलिपिन्सबाट छुट्याउने जलमार्ग बाशी च्यानल हुँदै प्रशान्त महासागरमा प्रवेश गरेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार