काठमाडौंः चीनको पूर्व प्रधानमन्त्री ली खछ्याङको बिहीबार मध्यरातमा हृदयघातबाट निधन भएको छ। उनको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् ।
प्रधानमन्त्रीबाट हटेसँगै उनी सांघाईमा बसिरहेका थिए। बिहीबार राति हृदयघातलगतै अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको त्यहाँको समाचार माध्यम सीसीटीभीले जनाएका छन्।
उनी चिनियाँ कम्युनिस्ट पार्टी ’सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया