श्रावण ८, २०८२ बिहिबार July 24, 2025

यस बर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस बर्षका कुख्यात गोली काण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् ।

गत बुधवार अर्थात अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधबार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधबार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए।

एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलीबारी गरिएकाे यस वर्षको ३६ औं घटना हो । समाचार अनुसार यस वर्ष यस्ता घटनामा कुल १८८ जनाको ज्यान गएको छ ।

यो वर्ष अमेरिकालाई हल्लाउने धेरै गोलीकाण्डका घटना भएका छन् । जसमध्ये चर्चित र ठुला गोली काण्डका बारेमा जानकारी दिनेछौं ।

लेक टाउनसिप, ओहायो (अगस्त २४) – प्रहरीका अनुसार साे घटनामा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको गोली हानी हत्या भएको थियो ।  मृत्यु हुनेमा जेसन डनहम, उनकी श्रीमती मेलिसा र १५, १२ र ९ वर्षका छोराछोरी रहेका छन् । प्रहरीले घटनालाई घरायसी विवाद भएको बताएको छ । यद्यपी गोली प्रहार कसले गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

एलेन मल्ल, टेक्सास (मे ६) – गत मे ६, २०२३ मा टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको थियो र ७ जना घाइते भएका थिए। यस घटनापछि प्रहरीले बन्दुकधारी एक्लै भएको र उसले अचानक गोली चलाउन थालेको बताएको छ । तर, पछि प्रहरी कारबाहीमा आक्रमणकारी मारिएका थिए ।

हेनरिएटा, ओक्लाहोमा (मे १०) – यस घटनामा आक्रमणकारीले पहिले आफ्नी श्रीमती, तीन छोराछोरी र दुई साथीलाई गोली हानेर हत्या गरे र त्यसपछि आफैलाई गोली हानेका थिए । घटनापछि प्रहरीले अभियुक्त यसअघि पनि धेरै मुद्दामा जेल परेको र हालै जेलबाट छुटेको बताएको थियो ।

क्लिभल्याण्ड, टेक्सास (अप्रिल २८) – क्लिभल्याण्ड, टेक्सासमा गत अप्रिल २८,२०२३  मा एक परिवारलाई लक्षित गरेर गोलीकाण्ड घटाइएको थियो। प्रहरीका अनुसार आक्रमणकारीले उनको घरको आँगनमा गोली चलाएको थियो जब पीडितहरूले उनलाई रोक्न भनेका थिए। यसले आक्रमणकारीलाई रिस उठ्यो र उसले अन्धाधुन्ध गोली चलाएर पाँच जनाको हत्या गरिदिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार