श्रावण ८, २०८२ बिहिबार July 24, 2025

गाजाँमा मारिने प्यालेस्टाइनीकाे संख्या ७ हजार नाघ्याे, हमास प्रतिनिधि पुगे मस्को

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो ।

जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ ।

अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।

एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।

Death toll of Palestinian-Israeli conflict exceeds 8,000 - CGTN

उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाइ मारेको उसको जिकिर रहेको छ ।

इजरायली सेनाले दावी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तिमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।

यसैबिच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।

रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार