कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः दशैंयता निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज(आइतबार) भने स्थिर रहेको छ । शुक्रबारको तुलनामा शनिबार तोलामा एक हजारले बढेको सुनको भाउ आइतबार पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम रहेको छ ।

आज स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया