श्रावण ८, २०८२ बिहिबार July 24, 2025

केरलामा बम विस्फोट: एकजनाको मृत्यु, ५० भन्दा बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको केरलामा आइतबार भएको विस्फोटमा कम्तीमा एकजनाको मृत्यु भएको छ । अन्य ५६ भन्दा बढी मानिस घाइते भएका छन् ।

केरलाको एर्नाकुलम जिल्लाको कालामास्सेरीस्थित क्रिश्चियन धार्मिक समूहको जामरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा विस्फोट भएको हो । बिहान करिब ९ बजे सम्मेलन केन्द्रमा प्रार्थना सुरु भएको केही मिनेटमै विस्फोट भएको बताइएको छ ।

दुईहजार भन्दा बढी मानिसको सहभागिता रहेको सम्मेलनमा चरणबद्धरूपमा तीनवटा विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्मेलन केन्द्रमा उपस्थित मानिसहरूले पहिलो विस्फोटको विस्फोटक पदार्थ टिफिन बक्सभित्र राखिएको बताएका छन् ।

केरलामा भएको विस्फोटपछि दिल्ली र मुम्बईमा प्रहरीले उच्च सतर्कता जारी गर्दै भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले आइतबार केरलाका मुख्यमन्त्री पिनाराई विजयनसँग घटनापछि कुरा गरेको र त्यहाँ एन्टी टेरोर बल पठाएको बताइएको छ । विवानबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार