श्रावण ७, २०८२ बुधबार July 23, 2025

ख्वप अस्पतालले भन्याे, ‘डन्डिफाेरले मृत्यु भएकाे भनिएकाे नितु दुवालकाे पिशावमा इन्फेक्सन थियाे’

अस्पताल भन्छ- डाक्टरको सल्लाह विपरित बिरामीलाई घर लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एकजना विरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ ।

अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँंग अनुरोध गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झण्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक संजालमा कार्तिक १४ गते लेखेका कुराहरुले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ ।

‘ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो । मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो । ‘

‘नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई उपचारको क्रममा भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुदाFसमेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

घटना विवरण अनुसार मृतक नितु दुवाल असार २२ गते पहिलो पटक डण्डिफोरको उपचारका लागि ख्वप अस्पताल आएकी थिइन् । अस्पतालले जनाए अनुसार डण्डिफोर सम्बन्धी उपचारका लागि उनलाई खाने औषिधी र मलम दिइएको थियो । छाला रोग विशेषज्ञद्वारा उनलाई २ हप्तापछि फलोअपको लागि पनि बोलाइएको थियो । श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडी टिकट भएता पनि छालारोग विभागमा नै गई चेकजाँंच गराएकी थिइन । अघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भन्ने उनले छालारोग विशेषज्ञलाई बताएपछि डण्डिफोर सम्बन्धि औषधि यथावत खाने र जनरल डाक्टरलाई भेट्न आग्रह गरियो । सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि औषधि दिइयो । यसपछि उनलाई श्रावण १२ गते यसै अस्पतालको ईमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याइयो । सम्पूर्ण जाचहरु पश्चात् उनलाई भर्ना हुन आग्रह गरियो । तर विदेश अध्ययनका लागि परीक्षा भएको कारण देखाई उनी राति ३ः३० बजे नै घर गइन् ।

अस्पतालले जनाए अनुसार निजको सो परीक्षणमा पिसाबमा खराबी देखिएको थियो । डाक्टरको सल्लाह विपरित बिरामीलाई घर लगियो । त्यसपश्चात् श्रावण १४ गते उनलाई भर्ना गराउन ल्याइयो । पिसाबको परीक्षणमा किटाणु देखिएको र सोही अनुरुप औषधिहरु चलाई वार्डमा भर्ना गरियो । श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरुको आग्रह अनुसार उनलाई घर पठाइयो । चिकित्सकहरुद्वारा अझ केही दिन राख्नुपर्ने भन्ने कुरा बुझाइएको थियो । तर परीक्षाकै कारण बताई चिकित्सकको सल्लाह विपरीत पुनः घर लगियो । त्यसपश्चात श्रावण १८ गते यसै अस्पतालमा ल्याइयो । श्रावण २१ गते निज विरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरुले अन्य अस्पताल लैजाने आग्रह गरे अनुसार यस अस्पतालबाट रिफर गरियो । त्यसपछि यस अस्पताल र निजको परिवारबीचमा कुनै पनि सम्पर्क रहेको थिएन ।

बिरामीको निधनमा दुःख हुदाँहुदै पनि विभिन्न व्यक्तिहरुको उक्साहटमा अस्पतालप्रति जनतामा भ्रम सिर्जना गर्ने उद्धेश्यले ख्वप अस्पताललाई दोष दिन खोजिएको विज्ञप्तिमा जनाइएको छ । ‘औषधिको बढी डोज दिइएको, गलत औषधि दिइएको भन्ने कुरा सत्य होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार