कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

लायन्स अन्तर्राष्ट्रियले भूकम्प प्रभावितका लागि ६६ लाख आर्थिक सहयोग गर्ने

डिस्ट्रक्ट ३२५ के नेपाल धमाधम राहत संकलन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स अन्तर्राष्ट्रियले भूकम्प प्रभावित क्षेत्रका लागि ५० हजार अमेरिकी डलर बराबरको नेपाली रूपैयाँ उपलब्ध गराउने भएको छ ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि ६६ लाख सहयोग गर्ने भएको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले बताउनुभयो ।

मानवीय सेवामा समर्पित लायन्स अन्तर्राष्ट्रियबाट युएस डलर ५० हजार स्वीकृत भएको छ र नेपालमा क्रियाशिल १५ वटा डिष्टिक्ट र सो अन्तर्गतका सबै लायन्स क्लवहरू समेत सहयोग जुट्दै गरेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर निरा बज्राचार्यले जानकारी दिनुभयो ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालले भुकम्पस्थलमा घाइते भएका विरामीहरुलाई रगतको कमि नहोस भनेर आजैबाट रक्तदान कार्यक्रम समेत देशैभरी संकलन शुरु गरिसकेको जनाएको छ ।

गएराती भुकम्पले गराएको क्षती र उद्धारमा राहत होस भन्ने हेतुले आजै बिहानै मात्र होटल सम्पदा लाजिम्पाट रानिबारीमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालकी डिस्ट्रिक्ट गर्भनर सहितको क्याबिनेट टिमले बागमतीमा उपलब्ध क्लब प्रेसिडेन्टसँग अन्तरकृया गरी सहयोग रकम संकलन अभियान शूरु समेत गरेको छ । आजै साँझसम्म ५ लाख भन्दा बढी रकम संकलन भइसकेको उक्त डिस्टिक्टले जानकारी दिएको छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी २ सय २ जना घाइते भएका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया