कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : साताको पहिलो दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि स्थिर रहँदै सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया