कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुन चाँदीको मुल्य घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज मंगलबार सुन चाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ १० रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ५ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया